२४ हजार घुससहित मालपोत अधिकृत जोशी रंगेहात पक्राउ

दार्चुला । कञ्चनपुरमा २४ हजार घुससहित मालपोत अधिकृत रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले बिहीबार मालपोत कार्यालयमा कार्यरत मालपोत अधिकृत लोकराज जोशीलाई सेवाग्राहीबाट लिएको घुस रकम सहित पक्राउ गरिएको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले जग्गाको हाल साविक र कित्ता काटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

अहिले जोशीलाई अख्तियारको हिरासतमा राखिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?