छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल

डोटी । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले विकले बलात्कार गरेको ठहर गरी सजाय सुनाएका हुन् ।

गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले उनलाई २५ वर्षको कैद सजाय सुनाएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?