भारतमा कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै सुदूरपश्चिम पनि उच्च जोखिममा

दार्चुला । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहर तीव्र बनेसँगै दार्चुला सहित सुदूरपश्चिम पनि उच्च जोखिममा परेको छ। भारतसँग खुला सीमा रहेका कैलाली, कञ्चनपुरसहित ५ जिल्लामा दोस्रो लहरको संक्रमणको जोखिममा परेसँगै आवश्यक पूर्व तयारी अपनाउनुपर्ने सुझाव दिइएको छ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय मार्फत दोस्रो लहरको संक्रमणको जोखिमलाई ध्यानमा राखेर सीमा नाकाबाट भित्रिनेहरुको अनिवार्य परीक्षण गर्न निर्देशन दिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले कैलालीको त्रिनगर–गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी नाकामा अनिवार्य एन्टीजेन विधीबाट कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार गड्डाचौकी र त्रिनगर–गौरीफन्टासँगै अन्य जिल्लाका सीमा नाकामा पनि अनिवार्य परीक्षण गर्ने व्यवस्था मिलाइनेछ। कोरोना पोजेटिभ देखिनेहरुलाई अस्पतालको आईसोलेसनमा राख्ने व्यवस्था मिलाउन पनि भनिएको छ।

यस्तै भारतबाट फर्किनेलाई १० दिन अनिवार्य सेल्फ क्वारेन्टिनमा बस्न पनि आग्रह गरिएको छ। स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्न पनि सुझाव दिइएको छ।

भारतमा एकै दिन ४० हजारभन्दा बढी कोरोना संक्रमति थपिएपछि यहाँ पनि दोस्रो लहरको कोरोना फैलिने जोखिम बढेको हो।

संक्रमण बृद्धि भएसँगै सीमा नाकाहरुमा भारतबाट फर्किनेहरुको संख्या पनि बृद्धि भएको अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?