कञ्चनपुरमा लागु औषधसहित ५ जना पक्राउ

दार्चुला । कञ्चनपुर प्रहरीले लागु औषधसहित ५ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको बेदकोट नगरपालिका १० दैजी बजारबाट शनिबार राति ५ जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा बेदकोट १० बस्ने २२ वर्षीय सुनिल साहु, २४ वर्षीय हेमन्त धामी, २२ वर्षीय रामचन्द्र राना, २० वर्षीय उमेश डंगौरा र २० वर्षीय सुरज राना रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले लागु औषध चरेश १ दशमलव २४ ग्राम, ब्राउन सुगर, ८ दशमलव ४५ ग्राम बरामद गरेको छ। दैजी बजारस्थित एक निर्माधिन घरमा बिक्री वितरणको लागि पोका–पोकामा तयार पारिरहेको अवस्थामा तिनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।

उनीहरुलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारवाही अगाडि बढाइएको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?