कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला । कैलालीको घोडाघोडी नगरपालिका ५ डोकेबजारस्थिथ पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटना हुँदा ज्यान गुमाउनेको पहिचान अझै खुल्न सकेको छैन।

बस पल्टीदा च्यापिएर मृत्यु भएको एक जनाको शवको पहिचान अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको टाउको च्यापिएर मृत्यु भएको जनाइएको छ।

पहिचान खुल्ने कुनै कागजात र उसको आफन्त समेत आइनपुगेको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मतले जानकारी दिनुभयो। मृतकको शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको प्रहरीले जनाएको छ।

धनगढीबाट काठमाडौंको लागि हिडेको ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस आइतबार राति दुर्घटनामा परेको थियो।

जसमा सवार यात्रुमध्ये २७ जना घाइते भएका थिए। एक जनाको उपचार कोहलपुरमा र बाँकीको सुखडस्थित घोडाघोडी अस्पतालमा भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो।

बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटनामा परेको यात्रुहरुले बताएका छन्। बसका ३२ जना यात्रु सवार थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?