बझाङमा भीरबाट लडेर एक छात्राको मृत्यु

दार्चुला । बझाङमा भीरबाट लडेर एक जना छात्राका ज्यान गएको छ।

जिल्लाको तलकोट गाउँपालिकामा पर्ने दुर्गा भवानी माविमा कक्षा ७ मा अध्ययनरत सोही गाउँपालिका वडा नम्बर ४ की १६ वर्षीया मिउजला बोहोराको लाग्नेपाड भन्ने भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

मंगलबार बिहान ५ः३० बजे टिउसन पढ्न हिँडेकी मिउजला भोलिपल्टसम्म घर नफर्केपछि आफन्तहरूले उनको खोजी गरेका थिए।

खोज्ने क्रममा उनको शव भीरबाट लडेको अवस्थामा फेला परेको वडा नम्बर ४ का अध्यक्ष मनबहादुर घर्तीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?