दार्चुला । डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ ।
जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ७ स्थित उग्रतारा जंगल नजिकै माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर सोही वडाको ऐरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
बुधबार दिउँसो भएको घटनामा अन्य दुई जना घाइते भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो ।उहाँका अनुसार घाइते हुनेमा ऐरी गाउँकै ३० वर्षीया सारदा ऐरी र २० वर्षीया कमला विक रहेका छन्।
घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया