‘प्रहरी हुँ’ भन्दै पैसा असुल्ने २ जना पक्राउ

दार्चुला । कैलाली प्रहरीले ‘प्रहरी हुँ’ भन्दै जिल्लाका विभिन्न स्थानमा रकम माग्दै हिड्ने २ जनालाई पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र कैलाली प्रहरीको टोलीले धनगढी उपमहानगरपालीका–५ का २३ वर्षीय बिरेन्द्र सिंह र नम्बर २ बम २५ वर्षीय पारस मल्ललाई पक्राउ गरेको हो।

उनीहरुलाई धनगढी उपमहानगरपालीका वडा नम्बर ८ स्थित व्यापारीबाट ५ हजार माग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह(प्रवक्ता प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले बताउनुभयो ।

आरोपितहरुले आफुलाई सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिबाट रकम मागेको हुनसक्ने भन्दै ती पीडितहरुले प्रहरीमा सम्पर्क राख्न समेत प्रहरी निरीक्षक थापाले अनुरोध गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?