इटालियन सिरी ‘ए’ : युभेन्ट्स र टोरिनोबीचकाे खेल बराबरीमा राेकियाे

दार्चुला । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स र टोरिनोले बराबरी खेलेका छन्।

राति भएको खेलमा युभेन्ट्स र टोरिनोले २/२ गोलको बराबरी खेलेका हुन् ।

खेलको १३ औं मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १/१ गोलको बराबरीमा फर्काए ।

खेलको ४६ औं मिनेटमा सनाब्रियाले गोल गर्दै टोरिनोलाई २/१ गाेलको अग्रता दिलाए । तर खेलको ७९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्ट्सले २/२ गाेलको बराबरी गर्यो ।

बराबरीसँगै युभेन्ट्सले २८ खेलमा ५६ अंक जोडेको छ । युभेन्ट्स चाैथो स्थानमा रहेको छ ।

टोरिनो २४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?