आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

दार्चुला । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ।

चेन्नईमा गएराति भएको खेलमा कोलकाताले हैदराबादलाई १० रनले हराएको हो । कोलकाताले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो ।

हैदराबादका मनिष पाण्डेले ६१ र जोनी ब्रेस्टोले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले नितिश राणाको ८० र राहुल त्रिपाठीको ५३ रनको मद्दतमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो ।

आईपीएलमा आज राति राजस्थान रोयल्स र किङ्ग्स इालेभेन पञ्जाब खेल्दैछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?