नेपालले नामिबियासँग एक दिवसीय क्रिकेट खेल्ने

दार्चुला । नेपालले नामिबियासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले आउँदो मे महिनाको तेस्रो हप्ता नामिबियासँग एक दिवसीय सिरिज खेल्ने पक्का गर्दै त्यसको तयारी तीव्र बनाउने निर्णय गरेको छ ।

नामिबियासँग खेल्नुअघि नेपालले नेदरल्याण्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्दैछ । यस्तै हिजो बसेको क्यानको बैठकले राष्ट्रिय महिला टोलीलाई मैत्रीपूर्ण खेलको लागि भारत भ्रमणमा पठाउने पनि निर्णय गरेको छ । नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

यस्तै बैठकले नेपाली महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?