आईपीएल : हैदरावाद र बैंगलोर भिड्दै

दार्चुला । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुदैछ ।

चेन्नईमा हुने हैदरावाद र बैंगलोरबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

एमए चिदंबरम स्टेडियममा आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

डेभिड वार्नरको कप्तानीमा रहेको हैदरावाद पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा हैदरावाद कोलकत्ता नाइट राइडर्ससँग १० रनले पराजित भएको थियो ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा बैंगलोरले मुम्बई इण्डियन्सलाई २ विकेटले हराएको थियो ।

दुई टिमबीचको पहिल्लो प्रतिस्पर्धामा हैदरावाद बलियो देखिएको छ ।

पछिल्लो पाँच खेलमा हैदरावादले ३ र बैंगलोरले २ खेल जितेको छ । अघिल्लो संस्करणको दुई भेटमा दुबै खेल हैदरावादले जितेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?