दार्चुला । बैतडीको सिगास गाउपालिकामा रहेका निजि श्रोतका शिक्षकहरुले आन्दोलनका कार्यक्रम जारी राखेका छन् । गएको ९ महिनादेखिको तलव नपाएको भन्दै उनिहरुले गाउँपालिकाका ७ वडा कार्यालयहरुमा तालाबन्दी गरेकाछन् ।
सिगासको वडा नम्बर २ र ५ बाहेकका वडा कार्यालयमा तालाबन्दी गरिएको छ । बिगतमा स्वयमसेवक शिक्षकको रुपमा तलव पाउदैँ आएका १ सय ८७ जनाको संख्यामा रहेका शिक्षकहरुले अहिले तलव नपाउदाँ आन्दोलन जारी राखेका हुन् । निजि श्रोतका शिक्षकहरुले आज गाउँपालिका भरीका ५९ वटै सामूदायिक बिद्यालयहरु बन्द गरेर आन्दोलनमा उत्रिएको संर्घष समिति अध्यक्ष लक्ष्मी शाह चन्दले बताउनुभयो ।
बिगतमा आफुहरु गाउँपालिकाबाट तलव पाउदैँ आएकोमा अहिले बिद्यालय ब्यवस्थापन समितिको जिम्मामा छोड्ने गरि गाउँकार्यपालिकाले गरेको निर्णय प्रति उनिहरुले आक्रोस ब्यक्त गरेका छन् । आफुहरुलाई बेलाबेलामा तलव दिने आश्वासन दिएपनि अन्तमा शिक्षकबाटै हटाउने प्रपञ्च रचेकोले आन्दोलनमा उत्रिएको शिक्षक कर्णराम बिकले बताउनुभयो । जिल्लाका अन्य स्थानीयतहमा स्वयसेवक शिक्षकहरुले नियमित रुपमा तलव पाएको भएपनि आफुहरुले भने तलव नपाउनु दुःखको कुरा भएको उहाँको भनाई छ ।
आफुहरुले काम गरेको पारिश्रमित नपाउदाँ दैनिक घरखर्च चलाउन समेत समस्या भैरहेको शिक्षहरुले बताएका छन् । सिगास गाउँपालिकाले भने राजश्व बाडफाडको रकमबाट शिक्षकहरुको तलव दिदैँ आएकोमा उक्त रकम केन्द्र सरकारबाट नै प्राप्त नभएकाले तलव खुवाउन नसकिएको जनाएको छ ।





प्रतिक्रिया