पारसले त्रिकोणात्मक टी–२० शृङ्खला गुमाउने

दार्चुला । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान पारस खड्काले त्रिकोणात्मक टी–२० शृङ्खला गुमाउने भएका छन् ।

गएको आइतवार अभ्यास खेलमा फिल्डिङ गर्ने क्रममा दायाँ हातको काँधमा चोट लागेर घाइते भएका पारसले भोलि (शनिवार)  देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिता गुमाउने भएका हुन् । प्रतियोगितामा नेपालसहित नेदरल्याड्स र मलेसिया सहभागी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै पारसले आफूले दुईरतीन आराम गर्नुपर्ने देखिएको बताएका छन् । आफूले प्रतियोगिता गुमाए पनि नेपाली टोली राम्रो रहेको र जित्ने उनले विश्वास व्यक्त गराएका छन् ।

कीर्तिपुर मैदानमा वैशाख चार गतेदेखि ११ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल नेपाल र नेदरल्याण्ड्सले खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?