बझाङमा भीरबाट लडेर दुई जनाको ज्यान गयो

बझाङ । बझाङमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ ।

तल्कोट गाउँपालिका वडा नम्बर १ रैसेल्लीका २० वर्षका राजु तामाङ र जाजरकोटका ४० वर्षका खडक पुनको गएराति भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताउनुभयो ।

दुवै जना तल्कोट गाउँपालिका वडा नम्बर १ मा पर्ने ओखरे भीरबाट झण्डै दुई सय ५० मिटर तल खसेका हुन् । उनीहरु गएको शुक्रवार घरबाट सुर्मा गाउँपालिकाको धानसेरी भन्ने ठाउँ जान भन्दै हिँडेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?