मलेसियामाथि नेपालको सानदार जित

दार्चुला । त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेको छ ।

मलेसियाले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ४१ बलमा ६१ रनको अविजित पारी खेले । त्यस्तै आसिफ शेख २९ बलमा ४२ रन बनाएर आउट भए । कुशल र आसिफले ६७ बलमा एक सय दुई रनको साझेदारी गरे । आशिफ आउट भएपछि क्रिजमा आएका दीपेन्द्र सिंहले ३ बलमा ६ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै एक सय नौ रन बनाएको थियो । मलेसियालाई थोरै रनमा समेट्न नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एकरएक विकेट लिए ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने मलेसिया आइतवार ९हिजो०नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ ।

नेपालले मङ्गलवार (भोलि) नेदरल्याण्ड्सँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?