बैतडीका सबै पालिका सडक सञ्जालमा जोडिए

दार्चुला । बैतडीको दुर्गम क्षेत्र मानिने सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेको छ । बैतडीको पाटन नगरपालिका ८ को बिप्याकटालदेखि डडेल्धुराको बेलापुर हुँदै गाँउपालिकाको केन्द्रसम्म सडक पुगेको हो ।

गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । भौगौलिक विकटताका कारण विकास निर्माणमा केही कठिनाइ भए पनि गाउँपालिकाको केन्द्रमा सडक पुगेकाले आजको दिन ऐतिहासिक भएको गाँउपालिकाका अध्यक्ष हरि सिंह धामीले बताउनुभयो ।

विभिन्न चुनौती र समस्याका बाबजुद पालिकाको केन्द्रमा सडक पुर्‍याउन सफल भएको अध्यक्ष धामीले बताउनुभयो । यसका साथै गाँउपालिका अध्यक्ष धामीले सडक निर्माणमा खटिएका डोजर चालकलाई अबीर र माला लगाइदिएर स्वागतसमेत गर्नुभएको छ ।

गाउँपालिकाको केन्द्रमा सडक पुगेसँगै अन्य विकास निर्माणका काममा समेत सहज हुने गाउँपालिकाकाले जनाएको छ । योसँगै बैतडीका सबै पालिकामा सडक सञ्जालले छोएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?