नेपालले दियो नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य

दार्चुला । नेपालले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई दुई सय सात रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो । त्यस्तै ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान गरे । त्यस्तै सोमपाल कामीले अविजित २१ रन बनाए ।

नेदरल्याण्ड्सका लागि भिभियान किङ्गमा र पेटर सेलारले दुई-दुई विकेट लिए ।

प्रतियोगितामा नेपालले यसअघिका दुई वटै खेल जितेको छ । यो खेल जितेमा नेपाल एक खेलअघि नै फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?