मालिकार्जुनमा बैशाख १९ गते देखि विद्यालय स्तरिय परीक्षा

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा यहि बैशाख १९ गतेबाट विद्यालय स्तरिय परीक्षाहरु सञ्चालन गर्ने निर्णय गरिएको छ ।

गाउँपालिकाभित्रका प्रधानाध्यापकहरुको बैठकले १९ गतेबाट कक्षा १ देखि ९ सम्मका परीक्षाहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।

विश्वब्यापी रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको दोस्रो लहर नेपालमा पनि फैलिरहेको अवस्थामा निकट भविष्यमा दार्चुलामा समेत संक्रमण फैलिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

दार्चुलाका अरु स्थानीय तहहरुले समेत परीक्षा सञ्चालनको विषयमा छलफल थालेका छन् । अधिकासं स्थानीय तहले वैशाख महिना भित्रै आधारभुत र माद्यमिक तहको परीक्षा सम्पन्न गर्ने गरी तयारी थालेको बताएका छन् ।

यसअघि जिल्ला कोभिड ब्यवस्थापन केन्द्र दार्चुलाको बैठकले समेत कोरोना जोखिमलाई मध्यनजर गर्दै विद्यालय स्तरका सबै परिक्षाहरु यथाशक्य छिटो सञ्चालन गर्न स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?