बान्नीकी चैतली मेला रोक्न सुरक्षाकर्मी खटिए

दार्चुला । सुदूरपश्चिमको प्रसिद्ध मेला बान्नीकी चैतली रोक्न सुरक्षाकर्मी खटिएका छन् ।

जिल्ला प्रशासन कार्यालय बझाङले मेला रोक्न सुरक्षाकर्मी खटाएको हो । होली पूर्णिमादेखि सुरु हुने बान्नीकी चैतली मेला चैत्र शुक्ल पूर्णिमासम्म लाग्ने गर्छ ।

हरेक वर्ष बझाङको छविस पाथिभरा गाउँपालिका वडा नम्बर ३ को बान्नी चौरमा मेला हेर्न दर्शनार्थी भेला हुने गर्छन् । यसवर्ष पूजाआराधना मात्रै गर्ने गरी व्यवस्थापन गर्न पालिकालाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।

स्वास्थ्य मापदण्ड उलङ्घन गर्ने र मेलामा २५ जनाभन्दा बढी भीडभाड भए कारबाही हुने पनि उहाँले बताउनुभयो । यसवर्ष बान्नीकी चैतलीमा पूजाआराधना गर्नका लागी छविस पाथिभेरा गाउँपालिकाबाट रोजगारीका लागि भारत गएका धेरैजसो घर फर्किएका छन् ।

गएको वर्ष लकडाउन भएकै बेला मेला लागेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?