दार्चुला । दार्चुला सदरमुकाम खलंगामा रहेको दार्चुला बहुमुखी क्याम्पसमा मंगलबार (भोली) बाट भर्चुअल (अनलाइन) को माध्यमबाट पठनपाठन हुने भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिदै गइरहेको नयाँ भेरियेन्ट सहितको कोरोना भाइरसको संक्रमण दार्चुलामा समेत फैलिने सम्भावना बढेको भन्दै क्याम्पसले विद्यार्थीलाई अनलाईनमार्फत पठनपाठन गर्न लागेको जनाएको छ ।
नेपाल सरकार कोभिड संकट व्यवस्थापन संचालन केन्द्रको मिति २०७८ वैशाख १२ गतेको निर्णय र सुदूपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयले सबै कक्षाहरु भर्चुअल (अनलाईन) का माध्यमबाट संचालन गर्न दिएको निर्देशनका आधारमा मंगलबारबाट भर्चुअल माध्यमबाट पठनपाठन गरिने क्याम्पस प्रमुख कृष्णसिंह साउदले बताउनुभयो ।
क्याम्पसका प्रशासनिक कार्यहरु भने तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई बिहान १० बजे देखी बेलुकी ५ बजे सम्म खुल्ला रहने सार्वजनिक सूचनामार्फत जानकारी गराइएको छ ।






प्रतिक्रिया