दार्चुला । बैतडीको पाटन नगरपालिकाले भोली ( मंगलबार) देखि विद्यालय पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले शिक्षक र विद्यार्थीहरुमा कोरोना देखिन थालेपछि विद्यालयहरु १० दिनसम्म बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले जानकारी दिनुभयो ।
यसैगरी यस अघि नगरपालिकाले यहि बैशाख १५ गते देखि गर्ने भनिएका परिक्षा पनि स्थगित भएको छ । परिक्षा सञ्चालन गर्दा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै तत्कालका लागि १० सम्म शैक्षीक क्रियाकलापहरु बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको वडा नम्बर १० स्थित सरस्वती माध्यमिक विद्यालयका ६ जना शिक्षक र एक जना विद्यार्थीमा कोरोना देखिएको छ, भने वडा नम्बर ५ मा पनि एक जना विद्यार्थीमा कोरोना देखिएको छ ।





प्रतिक्रिया