दार्चुला । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका २० जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
मंगलबार ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुस्टि भएको कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताउनुभयो।
कोरोना पुस्टि भएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयकै आइशोलेसनमा राखिने प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी दिनुभयो।
‘संक्रमण देखिएकाहरु सबैको अवस्था सामान्य छ’ उहाँले भन्नुभयो, ‘हामीले अब प्रहरी कार्यालयमा आउनेहरुमाथि पनि कडाइका साथ निगरानी गरिरहेका छौं। यस्तै कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको पनि परीक्षण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।





प्रतिक्रिया