कञ्चनपुरमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु

दार्चुला । कञ्चनपुरमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचाररत तिनै जनाको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर गोवीन्द रोकायाले बताउनुभयो।

मृत्यु हुनेमा जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरुष, भीमदत्त नगरपालिका भाँसीका ६० वर्षीय पुरुष र भीमदत्त नगरपालिका–११ का ४० वर्षीय पुरुष रहेको उहाँले जानकारी दिनुभयो। भेन्टिलेटर र आइसियूमा राखेर उपचार गराइरहेका ती सबैको मृत्युपश्चात नेपाली सेनाले शव व्यवस्थापन गरेको छ।

हाल महाकाली अस्पतालमा २१ जना संक्रमित उपचाररत छन्। ती मध्ये ६ जना आइसियू र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको कोभिड फोकल पर्सन डाक्टर गोवीन्द रोकायाले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?