आईपीएलमा मुम्बईले राजस्थानलाई सात विकेटले हरायो

दार्चुला । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको छ ।

दिल्लीमा राजस्थानले दिएको एक सय ७२ रनको लक्ष्य मुम्बईले १८ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटाएको हो । मुम्बईका लागि क्विन्टन डी ककले अविजित ७० रन बनाउँदा क्रुनल पाण्डेयाले ३९ रनको योगदान गरे । बलिङतर्फ राजस्थानका लागि क्रिस मोरिसले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ७१ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसनले ४२, जोस बटलरले ४१ रन बनाए । बलिङतर्फ मुम्बईका लागि राहुल चाहरले दुई विकेट लिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?