कोरोनाबाट मृत्यु भएकाको सम्पर्कमा रहेका १४ जनामा कोरोना पुष्टि

दार्चुला । कोरोनाका कारण मृत्यु भएका बैतडीका युवकको सम्पर्कमा रहेका १७ जना मध्ये १४ जनामा कोरोना पुष्टि भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकका ३३ बर्षीय पुरुषको कोरोना कारण यही वैशाख १४ गते डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृतकको सम्पर्कमा रहेका १७ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो। संक्रमितको मृत्युभएपछि सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकाहरु घरमै होम आइसोलेसनमा रहेका छन् । पछिल्लो समय गाउँगाउँमा कोरोनाको संक्रमण फैलिसकेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस : महाकालीमा ४८ जनाको कोरोना परीक्षण गर्दा २३ पोजेटिभ, दार्चुलामा सक्रिय संक्रमित ५० पुगे

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?