आईपीएलमा आज दुई खेल हुँदै

दार्चुला । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दुई खेलहरु हुँदैछ ।

दिल्लीमा हुने पहिलो खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । राजस्थान र हैदरावादबीचको खेल अपरान्ह ३स्४५ बजे सुरु हुनेछ ।

आज राजस्थान तेस्रो जित निकाल्ने योजनासहित मैदान उत्रने छ । राजस्थान ६ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ । हैदरावाद दोस्रो जित निकाल्न योजनामा हुनेछ । हैदरावादले ६ खेलमा मात्र २ अंक जोडेको छ । पुछारमा रहेको हैदरावाद केन विलियम्सनको कप्तानीमा मैदान उत्रने छ । दुई टिमबीचको पछिल्लो पाँच खेलमा हैदरावादले ३ खेल जितेको छ । राजस्थानले २ खेल मात्र जितेको छ ।

अहमदाबादमा हुने दोस्रो खेलमा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र पन्जाबबीचको खेल साँझ ७स्४५ बजे सुरु हुनेछ । दिल्ली छैटौं जित निकाल्ने योजनामा हुनेछ । र, शीर्ष स्थानमा उक्लन चाहन्छ । दिल्लीले ७ खेलमा १० अंक जोडेको छ । दिल्ली दोस्रो स्थानमा रहेको छ । पन्जाब चौंथो जितको खोजीमा हुनेछ । पाँचौ स्थानको पन्जाबले ७ खेलमा ६ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?