देशभर ३१ जिल्लामा निषेधाज्ञा, २३ मा पूर्ण र दार्चुलासहित आठमा आंशिक

दार्चुला । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न ३१ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ । आइतबार गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेध आदेश जारी भएको जिल्लाहरुको विवरण सार्वजनिक गर्दै आठ जिल्लामा आंशिक र बाँकि २३ जिल्लामा पूर्ण निषेधाज्ञा गरिएको जनाएको छ ।

जारी विवारण अनुसार बाँके सुर्खेत, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन र रुपन्देहीमा पूर्ण निषेधाज्ञा लाइएको छ । त्यस्तै सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर र बझाङमा पनि पूर्ण निषेधाज्ञा जारी गरिएको गृहमन्त्रालयले जनाएको छ ।

यसैगरी बागलुङ नगरपालिकाका १२, १३ र १४ साविक अमलाचौर, पैययुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा गरिएको छ । बर्दियाका गुलरिया नगरपालिका ५ र ६ को सम्पूर्ण क्षेत्रमा निषेज्ञााधा गरिएको छ भने बाँसगढी नगरपालिकाको बाँसगढी बजार, बारबर्दिया नगरपालिको जयनगर र कतर्निया बजार, मधुवनको लाली बजार, ओराली बजार, राजपुरको राजापुर र मानपुर टपरा बजार, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखरी र शीतला बजारका साथै गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा गरिएको छ ।

यसैगरी दार्चुलामा वैशाख १६ गतेदेखि मार्मा गाउपालिका र व्यास गाउपालिकाको वडा नम्बर ६ र शैल्यशिखर नगरपालिकामा निषेधाज्ञा गरिएको छ । साथै वैशाख १९ गते अर्थात् आज बिहान ६ बजेदेखि लागू हुने गरी महाकाली नगरपालिमामा वैशाख २५ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।

यसैगरी मोरङ, काभ्रेपलाञ्चोक र मकवानपुरका केही क्षेत्रमा निषेधाज्ञा गरिएको छ भने बाजुराको हिमाली गाउँपालिका क्षेत्रभित्र निषेधाज्ञा लगाइएको गृहले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?