चार दिने नवजात शिशुसहित सुदूरपश्‍चिममा १९१ संक्रमित

दार्चुला । सुदूरपश्चिममा विहिबार २७ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या एक सय ९१ पुगेको छ।

धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा विहिबार बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुईजनामा कोरोना पुष्टि भएको हो।

कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। यस्तै बाजुराको बुढिगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बुढिगंगा नगरपालिकाकै ४ दिनको शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १७ जनामा संक्रमण देखिएको छ। यस्तै बाजुराकै त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुष, बझाङको थलारा गाउँपालिकाका ३४ वर्षीय पुरुष र बित्थडचीर गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६७ जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ९, बैतडीमा ६ र बाजुराका १८ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ७३, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?