बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

दार्चुला। बैतडीको पञ्चेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

घटनास्थलबाट स्थानीय पत्रकार नरेश तिवारीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालीका वडा नम्बर ६ रोडिदेवलका जितसिंह भण्डारी, डम्बरसिंह भण्डारी, दिपकसिंह भण्डारी, हिक्मतसिह भण्डारी र जीप चालक रहेको बताइएको छ ।

जीप चालकको परिचय खुल्न बाकी रहेको छ । दुर्घटनामा परेका थप तीन जना घाइते भएका छन् ।

हिजो चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालीका वडा नम्बर ६ का वडा सदस्य गोबिन्द सिह भण्डारीको शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल बैतडी ल्याउने क्रममा  से १ ज १२३ नम्बरको जिप गणमेश्वर मन्दिर नजिकै  दुर्घटनामा  परेको हो ।

जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ। अहिले रोडिदेवल प्रहरी चौकिको टोली घटनास्थल पुगेको र थप विबरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सायद घरबाहिर, रूख तथा 'SHOT ON REDMI AI DUAL CAMERA' भन्ने पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?