बैतडी जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो, चार घाइते (नामावलीसहित)

दार्चुला । बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ४ जनाको घटनास्थलमै र दुईजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष रामसिंह पुजाराले जानकारी दिनुभयो ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० बर्षीय जीतसिंह भण्डारी, सोहि ठाउँका ३० बर्षीय डम्मरसिंह भण्डारी, २७ बर्षीय हिम्मत भण्डारी र ४० बर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता एबं प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

दुर्घटनामा परी घाइते भएका चालक तेजबहादुर बोहरा र स्थानीय ५० बर्षीय खेमसिंह भण्डारीको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा सोही ठाउँका ३५ बर्षीय मोहनसिंह भण्डारी, ३० बर्षीय हरिसिंह भण्डारी,२८ बर्षीय मदनसिंह भण्डारी, र २४ बर्षीय दिलिपसिंह भण्डारी रहेका छन ।

जिप सडकबाट साँघुरो घुम्तीमा करीब पाँच सय मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?