नेपालका कुशल भुर्तेल आईसीसीको उत्कृष्ट खेलाडीको मनोनयनमा

दार्चुला । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको लागि मनोनयन सार्वजनिक गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको उत्कृष्ट पुरुष खेलाडीको घोषणाको लागि नेपालका कुशल भुर्तेल तथा पाकिस्तानका बाबर आजम र फखर जमानको नाम सार्वजनिक गरेको हो । गएको महिना नेपालमै भएको त्रिदेशीय टी–ट्वेन्टी श्रृङ्खलामा कुशल भुर्तेलले डेब्यु खेलसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका थिए ।

कुशलले नेदरल्याण्ड्सँगको खेलमा ६२, मलेसियासँगको खेलमा ६१ र नेदरल्याण्ड्सँगकै खेलमा ६२ रन बनाउँदै कीर्तिमान बनाएका थिए । यस्तै पाकिस्तानका बाबर फखरले दक्षिण अफ्रिकासँगको एकदिवसीय र टी–ट्वेन्टीमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

कुशललाई भाेट दिन यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?