सुदूरपश्चिममा बुधबार १० जना कोरोना संक्रमितको मृत्यु

दार्चुला । सुदूरपश्चिम प्रदेशमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कैलालीका ४ जना, दार्चुलाका १, कञ्चनपुरका १, डडेल्धुराका १, डोटीका १, बाजुराका १ र बैतडीका १ गरी १० जनाको मृत्यु भएको हो।

दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ का ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बुधबार दिउँसो लटिनाथमा मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, वडा नम्बर ८ का ५८ वर्षीय पुरुष, कैलालीको गौरीगंगा नगरपालिका १ का ३५ वर्षीय पुरुष र गोदावरी नगरपालिकाका ६७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का ३५ वर्षीय पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ। उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

यस्तै जिल्ला अस्पताल डोटीको आइसोलेसन कक्षमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको मृत्यु भएकोे स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति तेज बिक्रम शाहीले बताएका छन्।

यस्तै बैतडीको पाटन नगपालिकाका ४४ वर्षीय पुरुषको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै बाजुराको गौमूल गाउँपालिका–३ की ५५ वर्षीया महिलाको जिल्ला अस्पताल बाजुरामा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?