दार्चुला । सायद हरेक प्रेमिल जोडीले सँगै जिउने अनि संगै मर्ने सपना बुनेका हुन्छन् । झन वैवाहिक जीवनमा दशकौँको यात्रा गरेर बृद्धाअवस्थामा पुग्नेहरुको चाहाना संगै मरेर एउटै चिहानमा जल्दै परमधामको यात्रा पनि संगै होस भन्ने हुन्छ ।
बिवाहको मण्डपमा घुमीरहेका बेला अग्नी साँचि राखेर जीवनभरी हासि, खुसी संगै जीउने र संगै मर्ने कसम हर जोडिले खाने गर्छन । तर यो कसम लाखौमा एक–दुईको मात्रै चरितार्थ हुन्छ । जीवनभरी प्रेमिल नाता कायम गरेर बृद्धाअवस्थामा पुगेपछि एउटै दिन एउटै चिहानमा अन्तेष्ठि भएर जीवनयात्राको एक जुनी समापन गर्न पाउनु अहोभाग्य नै ठानिन्छ ।
बैतडीको दोगडाकेदारका गाउँपालिका वडा नम्बर २ मल्लाढीकका एक बृद्ध दम्पत्तिको पनि एउटै दिन मरण अनि एउटै चिहानको अन्तेष्ठि भएको छ ।
२०७८ साल बैशाख २३ गतेको राती दोगडाकेदार गाउँपालिका– २ मल्लाढी, अथरीयाँका ९४ वर्षीय भानसिंह कुवँर र उहाँकी ९२ वर्षीया जीवन संगीनी नन्दा कुंवर संगै सुतेका थिए । २३ गते बिहान गफ गर्दागर्दै भानसिंहले संसार छोडे, जीवनका सहयात्रिले संसार छोडेपछि संयोगबस नन्दाको पनि एक घण्टाको फरकमा स्वर्गवास भयो । यो संयोग थियो, दुबैले एकै चितामा जल्न पाए र मानिसले बुझ्ने भाषामा अर्को जुनी वा परमधानको यात्रा पनि संगै गर्ने सौभाग्य पाए ।
मृतक बृद्ध दम्पतीका आफन्तहरुका अनुसार उहाँहरु एक अर्कालाई असाध्यै बढी प्रेम गर्थे, जहाँ गयो संगै जान्थे, हरेक काम संगै गर्थे त्यसैले उहाँहरुको मरण पनि संगै भयो ।
भानसिहले खाना नखाई आफु समेत खाना नखाने नन्दा दुई महिना अघि देखि सामान्य बिरामी भएपनि भनसिंहले नमरी मरिनन् । कुंवर दम्पत्तिका नाती नाता पर्ने जयसिंह कुंवरका अनुसार, बाजेले खाना नखादा सम्म बज्जै पनि खाना खादैनथे, एक अर्कालाई निकै प्रेम गर्थे । उमेरले नेटो काटीसकेका कुंवर दम्पत्ति गाउँमा कुवँर परिवारमा सबैभन्दा पाका थिए, आफ्ना पुस्ताका सबैभन्दा पछि मर्ने सौभाग्य पनि यो दम्पतीले पाएको आफन्तहरु बताउछन् ।
भानसिंह र नन्दाका एक छोरा र दुई छोरी छन् । उमेर खाएर भएको यो प्रेमिल बृद्ध जोडीको निधनप्रति आफन्तहरु पनि खुसी भएका छन् । परिवारको अभिभावक गुमाउनुपर्दा दुख लागेपनि सुखद मरणप्रती भगवानप्रति कृतज्ञ रहेको आफन्तजनको भनाई छ ।








प्रतिक्रिया