दार्चुला । बैतडीमा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का ४० बर्षीय संक्रमित पुरुषलाई थप उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
यही वैशाख २२ गते कोरोना पुष्टि भएर जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत पुरुषको स्वास्थ्यमा थप समस्या आएपछि शुक्रबार(आज) धनगढी रेफर गरिएको थियो ।
धनगढी लैजाँदै गर्दा अनारखोलीमा मृत्यु भएको पाटन नगरपालिकाका जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने जनाइएको छ ।
कोरोना दोश्रो लहर फैलिएसंगै बैतडीका ३ जना संक्रमितको मृत्यु भईसकेको छ ।





प्रतिक्रिया