दार्चुला । बैतडीमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत मेलौली नगरपालिका वडा नम्बर २ का ५८ बर्षीय पुरुषको शनिबार बिहान सवा ६ बजे मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो ।
यही वैशाख २३ गते राती जिल्ला अस्पतालमा आएका उहाँमा सोही दिन कोरोना पुष्टि भएको थियो । अक्सिजन सपोर्टमा उपचार भईरहेको भएपनि शनिबार बिहान उहाँको निधन भएको अस्पतालले जनाएको छ ।
यसअघि शुक्रबार मात्रै बैतडीको पाटन नगरपालिका वडा नम्बर ४ का ४० बर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । कोरोनाको दोश्रो लहर चलेपछि बैतडीमा ४ जनाको मृत्यु भईसकेको छ ।
जिल्ला अस्पतालको आइसोलेसनमा १२ जना संक्रमितको उपचार भईरहेको छ । उनीहरुमध्ये ९ जनाको अक्सिजन सपोर्टमा उपचार भईरहेको छ ।
बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४३६ पुगेको छ ।





प्रतिक्रिया