दोगडाकेदार गाउँपालिकाले सबै सवारी साधन बिरामी बोक्न प्रयोग गर्ने

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाले कार्यालय प्रयोजनका लागी प्रयोग गर्दै आएका सवारी साधनहरु कोरोनाको संक्रमण नियन्त्रणका लागी प्रयोग गर्ने भएको छ ।

दोगडाकेदार गाउँपालिकामा पनी नयाँ भेरियन्ट सहितका कोरोना भाइरसका संक्रमितहरु थपिदै गएकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्षले चढ्ने र कार्यालयका अन्य कार्यका लागी प्रयोग हुँदै आएका सवारी साधनहरुलाई कोरोना संक्रमणका नियन्त्रणका लागी प्रयोग गरिने भएको हो ।

गाउापालिकाको यस्तो निर्णयले कोरोनाका जटिल खालका बिरामीहरुलाई समयमै अस्पतालसम्म पु¥याउन सहज हुने अपेक्षा गरिएको छ । गाउँपालिकामा एउटा मात्रै एम्बुलेन्स रहेकाले समस्या आउन सक्ने भन्दै गाउँपालिकासंग भएका अन्य सवारी साधनहरु समेत प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिकाको सु. प. प्र. ०१ ००१ झ ४३१ नम्बरको एम्बुलेन्ससंगै सु. प. प्र. ०१ ००१ झ ४१३ नम्बरको बोलेरो जीप, सु. प. प्र. ०१ ००१ झ ४३० नम्बरको कार र सु. प. प्र. ०१ ००१ ग १५१ नम्बरको टिपर पनी कोरोनाका बिरामी ओसार्न प्रयोग गरिने उहाँको भनाई छ ।

No photo description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?