दार्चुला । बैतडीका १८ ठाउँमा आइसोलेसन सेन्टर सञ्चालनमा आएका छन् । जिल्लाका १० ओटै स्थानीय तहका विभिन्न ठाउँमा कोरोना संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन सेन्टर सञ्चालनमा आएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
१८ ठाउँमा २५६ बेडका आइसोलेसन सेन्टर तयार भएका उहाँले बताउनुभयो । बैतडीमा ६ सय बढी सक्रिय संक्रमित भएपनि आइसोलेसनमा भने ११५ जना मात्रै बसेका छन् । अरु सबै होम आइसोलेसनमा बसीरहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना नहुदा संक्रमण तीव्र फैलिरहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । जिल्ला अस्पताल बैतडीमा १६ बेड र रेडक्रस भवन शाहीलेकमा १९ बेडको आइसोलेसन बनाइएको छ ।
जगन्नाथ क्याम्पसमा ५० बेडको आइसोलेसन सञ्चालनमा आएको छ । जिल्लाभरीका अधिकासं स्थानीय तहले आइसोलेसन सञ्चालनमा ल्याइएको बताएका छन् ।
आइतबार थप ६७ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लाभरी सक्रिय संक्रमितको संख्या ६०६ पुगेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २८२ जना, पाटन नगरपालिकामा १३१ जना, पुर्चौंडी नगरपालिकामा ३७ जना र मेलौली नगरपालिकामा २५ जना रहेका छन् ।
यस्तै पञ्चेश्वर गाउँपालिकामा ६७ जना, सुर्नया गाउँपालिकामा २२ जना, शिवनाथ गाउँपालिकामा १९ जना, दोगडाकेदार गाउँपालिकामा १५ जना र सिगास गाउँपालिकामा ९ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार बैतडीमा ४ जनाले कोरोना जितेका छन् ।





प्रतिक्रिया