सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०८ पुग्यो

दार्चुला । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ ।

आइतबार प्रदेशका विभिन्न अस्थाई कोरोना अस्पतालमा थप १८ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या २०८ पुगेको हो ।

आइतबार कञ्चनपुरका ७, कैलालीका ९ र बाजुराका १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

७ सय ८३ मा एन्टिजेन परिक्षण गर्दा २ सय ११ जनामा कोरोना पुष्टी भई ११ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ८१ मा पिसिआर परिक्षण गर्दा ८ सय ५६ जनामा कोरोना पोजेटिभ पुष्टी भई ७ जनाको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिनुभयो ।

हालसम्म अछाम ३, बैतडी ६, बझाङ्ग ३, बाजुरा २, डडेल्धुरा ४, दार्चुला ५, डोटी ३, कैलाली ६५ र कन्चनपुरका २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भई सकेको उहाँले बताउनुभयो ।

त्यस्तै प्रदेशमा हाल सम्म ३१ हजार ८७९ मा एन्टिजेन परिक्षण भएको छ । जसमध्ये ४ हजार ४४ कोरोना छन भने ९० जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

१ लाख ५२ हजार ७२ मा पिसिआर परिक्षण गर्दा २० हजार १ सय ३४ जना पोजेटिभ छन भने १ सय १८ जनाको मृत्यु भएको कार्की ले जानकारी दिनुभयो ।

डडेल्धुरा अस्पतालमा २३ हजार ९ सय ३९ को परिक्षणमा २ हजार १ सय ३९ पोजेटिभ छन भने सेती प्रादेशिक अस्पतालमा ८५ हजार ३ सय ३० मा परिक्षण गर्दा १० हजार ७ सय ७९ मा पोजेटिभ भएको मन्त्रालयले जनाएको छ ।

डोटीमा ७ हजार ७ सय ४१ म परिक्षण गर्दा ९ सय ३३ मा पोजेटिभ छ । बैतडीमा ४ हजार ५ सय ८५ मा परिक्षण गर्दा ७ सय ३६ मा पोजेटिभ छ । बझाङ्गमा ७ हजार ३ सय २२ मा परिक्षण गर्दा ७ सय ७१ मा पोजेटिभ छ ।

कमलबजार अस्पतालमा ५ हजार १ सय ३६ जनामा परिक्षण हुदा ९ सय ४४ मा पोजेटिभ देखिदा महाकाली अस्पतालमा १ हजार ४ सय ३३ मा परिक्षण गर्दा ८ सय १४ जनामा कोरोना पोजेटिभ पुष्टी भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताउनुभयो ।

केन्द्रीय प्रयोगशालामा १६ हजार ३ सय ६५ जनामा परिक्षण गर्दा सम्म २ हजार ९ सय ८४ मा पोजेटिभ छ भने अन्य जिल्लाको २ सय २१ जनाको परिक्षण गर्दा ३४ जनामा कोरोना पुष्टी भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?