दार्चुला । बुधबार बेलुकी परेको असिनापानीका कारण बैतडीका विभिन्न गाउँमा तरकारी बाली र फलफुल खेतीमा क्षती भएको छ ।
असिनापानीको कारण जिल्लाको दोगाडाकेदार गाउँपालिका लगायतका क्षेत्रमा तरकारी, फलफुल र कृषि बालीमा व्यापक क्षती भएको बैतडीको दोगाडाकेदार गाउँपालिकाका कृषि प्राविधिक कबिराज भट्टले जानकारी दिनुभयो ।
असिनापानीको कारण मल्लाढिक, कफलकोट लगायत विभिन्न गाउँमा कृषि बालीमा व्यापक क्षती पुगेको उहाँले बताउनुभयो। असिनापानी र ढलको पानीका कारण तरकारीखेतीमा व्यापक क्षती भएको छ ।




तस्बिर : दोगाडाकेदार गाउँपालिकाका कृषि प्राविधिक कबिराज भट्टको फेशबुकबाट





प्रतिक्रिया