दार्चुला । बैतडीको सतबाँझमा फेरि स्याउ फल्न थालेको छ।
कुनै बेला स्याउ उत्पादनका हिसाबले परिचित सतबाँझमा करिब १५ वर्षपछि स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले बताउनुभयो।
सुख्खा फलफूल केन्द्रको नर्सरीमा गोल्डेन जातको स्याउ फल्न छोडेपछि अहिले होचो जातका स्याउ फलेकोे उहाँले बताउनुभयो।
उहाँका अनुसार करिब ८० बोटमा स्याउको फलेको छ। अब सुख्खा फलफूल विकास केन्द्रमा स्याउ खेतीलाई पनि विस्तार गर्ने योजना रहेको प्रमुख भाटले बताउनुभयो।
सुख्खा फलफूल विकास केन्द्रमा पहिला स्याउ फल्ने गरेको भएपनि जलवायु परिवर्तनका कारण गएको १५ वर्ष यता स्याउ फल्न छोडेको थियो।
गोल्डेन जातको स्याउ फल्न छोडेपछि अहिले होचो जातका ६ प्रकारका स्याउका बिरुवाहरु रोपेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले बताउनुभयो।
पहिला जस्तो हिउँ पर्न छोडेपछि गोल्डेन जातको स्याउ फल्न छोडेको र होचो जातको स्याउ रोपेपछि फल दिन सुरु भएको हो।
सुख्खा फलफूल विकास केन्द्रमा स्याउको बारी विस्तारका लागि यो वर्ष १५० बोट होचो जातको स्याउ रोपिएको छ।





प्रतिक्रिया