धनगढीलाई हराउँदै नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई

दार्चुला । नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग एनएसएल को उपाधि काठमाडौंले जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० ले पराजित गर्दै काठमाडौं रेजर्सले उपाधि उचालेको हो ।

काठमाडौंको जितका लागि खेलको २१ औं मिनेटमा मेसौके ओलोमोउले गरेको गोल नै निर्णायक बन्यो । मेसौकेको यो लिगको आठौं गोल हो । लिगका उनी सर्वाधिक गोलकर्ता हुन्

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना यो प्रतिस्पर्धाको विजेता काठमाडौंले ट्रफीसहित ३५ लाख रुपैयाँ पाएको छ । उपविजेता धनगढीले भने १५ लाखमा चित्त बुझाएको छ ।

फाइनलका लागि दुवै टोली प्रतियोगितामा तेस्रो पटक आम्नेसाम्ने भएका थिए । लिग चरण र पहिलो प्लेअफमा धनगढीसँग पराजित भएको काठमाडौंले फाइनलमा बदला लिँदै उपाधि उचालेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?