प्रेस ज्याकेट लगाएर लागु औषध ओसार्ने पक्राउ

दार्चुला । कञ्चनपुरमा प्रेस ज्याकेट लगाएर लागु औषध ओसार्ने पक्राउ परेका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाह सीमा क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरीले सुदूर खरब प्रेस लेखेको ज्याकेट लगाएका २५ वर्षीय नरेश जोशीलाई पक्राउ गरेको हो।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का जोशीले भारतीय नागरिकबाट ७ सय ग्राम खैरो हिरोईन नामक लागुऔषध ल्याएको शसस्त्र प्रहरीले बताएको छ। उनीसंग सुदूर खबरको परिचय पत्र समेत रहेको छ।

उनको साथबाट २ थान मोवाईल, एक थान क्यामेरा, ५ थान बैँकको चेक, एक थान एटीएम, एक थान पश्चिम नेपाल दैनिकको पास, यूएन ट्रेड कन्सर्नको नाममा रहेको ब्लू बुक बरामद गरिएको सशस्त्र प्रहरीले बताएको छ।

यसैबिच  प्रहरीले कञ्चनपुरमा रहेको बीबी मार्टका सञ्चालकलाई नियन्त्रणमा लिएको छ।

आइतबार स्वास्थ्य सुरक्षाको मापदण्डको उल्लंघन गरेर उक्त मार्टले व्यवसाय सञ्चालन गरेको पाइएपछि प्रहरीले सञ्चालकलाई नियन्त्रणमा लिएको हो।

मार्टमा स्वास्थ्य सुरक्षाको कुनैपनि मापदण्ड पालना नगरिएको र भिडभाड गरी व्यावसाय सञ्चालन गरेको भन्दै सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञा उल्लंघन गरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?