जोशीको पहलमा काठमाण्डौँमा रहेका विद्यार्थी घर पठाइयो

दार्चुला । निषेधाज्ञाका कारण यातायात बन्द भएपछि काठमाण्डौँमा समस्यामा परेका विद्यार्थीलाई घर पठाईएको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य दिलेन्द्र जोशीको पहलमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा घर भई काठमाण्डौँमा डेरा गरि पढ्दैँ आएका विद्यार्थीलाई घर पठाइएको हो ।

अनेरास्ववियु नेता जोशी र पुर्व अनेरास्ववियु केन्द्रीय अध्यक्ष तथा पतिनिधि सभा सदस्य नविना लामाको सहजीकरणमा लकडाउनमा अलपत्र परेका विद्यार्थीलाई सवारी पासको व्यवस्था गरि काठमाण्डौबाट घर पठाईएको जोशीले बताउनुभयो ।

लडाउनका कारण विद्यालय, क्याम्पस बन्द भएपछि डेरा गरि अध्ययन गर्दै आएका विद्यार्थीलाई समस्या परेपछि उनीहरुको समस्यालाई मध्यनजर गर्दैे विद्यार्थीहरुलाई घर पठाउन प्रशासन, प्रहरी, ट्राफिक प्रहरी सहित यातायात व्यवसायीसंगको सहकार्यमा विद्यार्थीलाई घर पठाइएको जोशीले बताउनुभयो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि तीन वटा बसहरुबाट विद्यार्थीलाई पठाइएको हो । एउटा बसमा ४५ जना राखी दुई वटा बस कञ्चनपुर र एउटा बस दार्चुला पठाएको उहाँले बताउनुभयो ।

काठमाण्डौबाट फर्किएका विद्यार्थीलाई होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ । स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था नगर्दा क्वारेन्टाइनमा राख्न नसकिने भएकोले जिल्ला बाहिरबाट फर्किएका विद्यार्थीलाई कम्तिमा १० दिन होम आइसोलेनमा बस्न आग्रह गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?