सुदूरपश्चिममा २४ घण्टामा १५ जनाको मृत्यु, ५६३ संक्रमित थपिए

दार्चुला । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट कञ्चनपुरमा ६ जना, कैलालीमा ४ जना, दार्चुलामा २ जना, डोटी, अछाम र बझाङका १र१ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६८ पुगेको छ ।

यस्तै सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ५६३ जना संक्रमित थपिएका छन् ।

प्रदेशका विभिन्न प्रयोगशालामा एक हजार ५३५ जनाको नमुना परीक्षण गर्दा ५६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो सँगै प्रदेशभर संक्रमितको संख्या ३१ हजार २ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?