महाकालीमा ४ लेन पुलको मेसिनसहित प्लान्ट बग्यो, लाखौँको क्षति

दार्चुला । कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव बढेपछि निर्माणाधीन ४ लेन पुलको काम प्रभावित भएको छ। २ दिनको लगातार वर्षाका कारण नदीमा पानीको बहाव बढ्दा पुल निर्माणको कार्य प्रभावित भएको हो।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष लालबहादुर शाहीका अनुसार पानीको बहाव बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाएको प्लान्ट, कालोपत्रे गर्ने मेसिन सहितका उपकरण बगाएको छ।

जसबाट करोडभन्दा बढीको क्षति भएको र निर्माणको कार्य प्रभावित भएको वडाअध्यक्ष शाहीले जानकारी दिनुभयो । करिब ७५ प्रतिशत काम पूरा भइसकेको पुल निर्माणको कार्य कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ ।

यसै बीच पुलमा काम गर्ने १० कामदारसमेत नदीको बीचमा रहेको टापुमा फसेका थिए । पानीको बहाव घटेपछि उनीहरुलाई प्रहरीको सहयोगले सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष शाहीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?