दार्चुला । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा निवर्तमान मन्त्री लेखराज भट्ट र नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज तथा कैलाली इन्चार्ज , प्रतिनिधि सभा सदस्य माननीय नारद मुनी रानाको पहलमा २ सय सिलिन्डर अक्सिजन धनगढी पुगेको छ ।
अक्सिजन नपाएर उपचारमा समस्या झेलिरहेका कोरोना सङ्क्रमितहरूलाई अब केही राहत हुने भएको अपेक्षा गरिएको छ ।
सबै भन्दा धेरै अक्सिजनको समस्या झेलिरहेको सेती प्रादेशिक अस्पताल ११० सिलिन्डर अक्सिजन उपलब्ध गराइने भएको छ । गेटा अस्पताल ५० र महाकाली अस्पताल ४० सिलिन्डर उपलब्ध गराइने सांसद रानाका स्वकीय सचिव कमल रानाले बताउनुभयो ।
निर्माणाधीन गेटा मेडिकल कलेजमा ५० सिलिन्डर अक्सिजन आए लगत्तै कोरोना सङ्क्रमितहरूको उपचार थालिने बताइएको छ ।





प्रतिक्रिया