यार्सा संकलन गरेर घर फर्कने क्रममा खोलामा बगेर एक बालिकाको मृत्यु

दार्चुला । बझाङमा यार्सा संकलन गरेर घर फर्कने क्रममा खोलामा बगेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाँउपालिका वडा नम्बर १ की १३ बर्षिया कविता बोहराको बाउली खोलाले बगाउदा मृत्यु भएको हो ।

लके बाट घर आउने क्रममा बालिका शुक्रबार दिउँसो ३ बजे ताडेमाडेमा सागुबाट चिप्लेर खोलामा बगेकी थिईन् । उनको शव शनिबार विहान झण्डै एक किलोमिटर तल धौलीपैरी भन्ने ठाँउमा फेला परेको उनका आफन्तले जानकारी दिए ।

बुबा आमा संगै रहेका भएपनि ३ दिनदेखी परेको लगातार बर्षाका कारण खोलामा पानीको सतह बढेको थियो । लगातार बर्षा संगै यार्सा संकलन गर्ने ठाँउमा हिमपात भएपछि उनिहरु घर फर्कीएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?