दार्चुला । जिल्ला खेलकुद विकास समिति दार्चुलाको अध्यक्षमा उमेशराज जोशी चयन हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को बैठकले दार्चुला जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा जोशीलाई चयन गरेको हो ।
शुक्रबार बसेको खेलकुद परिषद्को बैठकले कैलाली बाहेकका सुदूरपश्चिमका आठ जिल्ला अध्यक्षहरुको टुंगो लगाएको हो ।
नेकपा एमालेका युवा नेता जोशी यसअघि पनि जिल्ला खेलकुद विकास समिति दार्चुलाको सदस्य हुनुहुन्थ्यो । दार्चुला खेलकुद विकास समिति अध्यक्षको जिम्मेवारी पाएपछि खेल क्षेत्रको विकासका लागि आफु थप सक्रिय भएर काम गर्ने जोशीले बताउनुभयो ।





प्रतिक्रिया