दार्चुला । वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नो व्यक्तिगत खर्चमा दुई अस्पतालमा ११० सिलिन्डर अक्सिजन हस्तान्तरण गर्नुभएको छ ।
सोमबार डोटी अस्पतालको लागि ७५ सिलिन्डर अक्सिजन हस्तान्तरण गर्नुभएको थियो। ती मध्ये १५ सिलिन्डर अक्सिजन स्वास्थ्य विभागले दिएर र अन्य आफैले व्यक्तिगत खर्चमा किनेको उहाँले बताउनुभयो ।
डोटीमा मात्रै मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा ६० सिलिन्डर अक्सिजन, ४ वटा अक्सिजन कन्टेनर र १ लाख ५० हजार सर्जिकल मास्क बितरण गर्नुभएको छ ।
मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीलाई पनि मन्त्री आलेले ५० सिलिन्डर अक्सिजन दिनुभएको छ । मन्त्री आलेले व्यक्तिगत रुपमा ५० हजार मास्क समेत सेती अस्पताललाई दिएको अस्पतालले जनाएको छ ।
अनुदानमा चीनबाट ल्याइएको अक्सिजन सिलिन्डरमा पनि व्यक्तिगत लगानी गरेको पोस्टर टाँसेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका वेला आलेले आफूले आफ्नो व्यक्तिगत लगानीमा ११० सिलिन्डर अक्सिजन बितरण गरेको दाबी गर्नुभएको छ ।
‘डोटीका लागि ७५ र कैलालीका लागि ५० वटा अक्सिजन सिलिन्डर वितरण गरेको छु । त्यसमा १५ वटा स्वास्थ्य सेवा विभागले दिएको हो । बाँकी एक सय १० वटा मैले आफ्नै रकमले खरिद गरेको हुँ उहाँले भन्नुभयो ।’
मंगलबार बिहान सेती प्रादेशिक अस्पतालमा आयोजित स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा आलेले आफुले लाखौँ खर्च गरेर स्वास्थ्य सामाग्री वितरण गर्दा पनि बदनाम गर्न खोजिएको भन्दै गुनासो गर्नुभयो । आफुले खरिद गरेको बिल, भौजर र अस्पताल तथा खरिद कम्पनीसंगको समन्वय सबै हेरेर स्पष्ट हुन उहाँले अनुरोध गर्नुभएको छ ।





प्रतिक्रिया